भारतमा ७३ प्रतिशतले उच्च माध्यमिक तह पुग्नुअगावै छाड्छन् पढाइ
kendrabindu.com · Fri Aug 14 02:53:35 GMT 2026

नयाँदिल्ली। भारतमा उच्च माध्यमिक तह पुग्नुअगावै ७३ प्रतिशत विद्यार्थीले पढाइ छाड्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ । भारतको संसदीय समितिको एक प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । समितिले उच्च तहमा विद्यालय र विद्यार्थीको संख्यामा आएको गिरावटप्रति चिन्ता व्यक्त गर्दै देशका करिब ७३ प्रतिशत विद्यार्थी उच्च माध्यमिक तहमा पुग्नुअघि नै शिक्षा प्रणालीबाट बाहिरिने गरेको रिपोर्ट सार्वजानिक गरेको हो ।
भारतको तल्लो सदन लोकसभामा बुधबार पेस गरिएको अनुमान समितिको दशौँ प्रतिवेदनमा प्राथमिक तहमा ठूलो संख्यामा विद्यालय रहे पनि माध्यमिक र उच्च माध्यमिक तहमा शिक्षण संस्थाको उपलब्धता निकै कम रहेको उल्लेख छ ।
Read full story at source (kendrabindu.com)