भूराजनीतिक द्वन्द्व र विश्वव्यापी व्यवस्थाको सङ्कट
dcnepal.com · Fri Aug 14 03:03:09 GMT 2026

वर्तमान विश्व निरन्तर बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, क्षेत्रीय द्वन्द्व र शक्ति राष्ट्रहरूको स्वेच्छाचारी व्यवहारका कारण गम्भीर सङ्कटबाट गुज्रिरहेको स्थिति छ। राज्यहरूको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा र असीमित महत्वाकांक्षाका कारण स्थापित अन्तर्राष्ट्रिय कानुनका मान्यताहरू ओझेलमा परेका देखिन्छन् । विश्वव्यापीकरणको युगमा पनि जलवायु परिवर्तन, सूचना प्रविधिको दुरुपयोग, मानवतस्करी, र हतियारको तीव्र प्रतिस्पर्धाले मानव सभ्यतालाई नै ठूलो जोखिममा पारेको छ। यी बहुआयामिक चुनौतीहरूले साना, अल्पविकसित र भूपरिवेष्टित राष्ट्रहरूको अस्तित्व, सार्वभौमिकता र अधिकारमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएका छन् ।
Read full story at source (dcnepal.com)