उत्तराखण्डको चमोलीमा सुरुङभित्र पानी पस्यो, ९ जनाको मृत्यु
lokaantar.com
भारतको उत्तराखण्डस्थित चमोलीमा निर्माणाधीन जलविद्युत परियोजनाको सुरुङभित्र अचानक पानी र लेदो पस्दा ठूलो दुर्घटना भएको छ। अलकनंदा नदीमा बनिरहेको ४४४ मेगावाटको 'विष्णुगाड-पीपलकोटी' जलविद्युत परियोजनाको सुरुङमा बिहीबार साँझ भएको भीषण दुर्घटनामा परी ९ जना मजदुरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
बिहीबार साँझ करिब पौने ७ बजे सुरुङभित्र काम भइरहेको समयमा दुर्घटना भएको हो । ३.५ किलोमिटर लामो सुरुङको १.८ किलोमिटर भित्र 'ग्रेभिटी पोइन्ट'मा प्याकिङ र सेटरिङको काम भइरहेको थियो । अचानक सुरुङको माथिल्लो भागबाट ठूलो आवाजसहित पानी र लेदोको ढिस्को खसेको थियो। त्यतिबेला सुरुङभित्र २५ जनाभन्दा बढी मजदुरहरू काम गरिरहेका थिए। अचानक आएको लेदो र पानीका कारण त्यहाँ भागाभाग मच्चिएको र सुरुङभित्रबाट चिच्याएको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
Read full story at source (lokaantar.com)