कंगनाको कटाक्ष– ‘तिमीजस्तो स्याल हुनुभन्दा कुकुर हुनु जाती’
kendrabindu.com · Fri Aug 14 04:14:40 GMT 2026

काठमाडौं । केही समयअघि मात्रै कक्रोच जनता पार्टी (सीजेपी) ले भारतको जन्तर मन्तरमा आयोजना गरेको शैक्षिक विसंगतीविरुद्धको आन्दोलनमा सहभागी जेन–जी पुस्ताका विद्यार्थीलाई ‘गटर छाप’ भन्दै कटाक्ष गरेपछि विवादमा तानिएकी भारतीय जनता पार्टीकी सांसद तथा अभिनेत्री कंगना रनौतको रोकिने छाँटकाँट छैन । ऋतिक रोशन र उनकी प्रेमिकालाई समेत टिप्पणी गर्न भ्याईसकेकी उनले यतिबेला अभिनेता नसीरुद्दीन शाहलाई पनि छोडिनन् ।
शाहको हालैको एक विवादित टिप्पणीपछि कंगनाले उनीमाथि ‘पाकिस्तानप्रति अत्यधिक सहानुभूति राखेको र भारतीय प्रधानमन्त्रीको अपमान गरेको’ आरोप लगाएकी हुन् ।
Read full story at source (kendrabindu.com)