अर्घाखाँचीमा बाख्रामा पिपीआर सङ्क्रमण
nagariknews.nagariknetwork.com · Fri Aug 14 04:31:50 GMT 2026

अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पिपीआर देखा परेको छ।
पिपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा, वडा नं ५ को असुरकोट तथा वडा नं ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए। अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)