एशियन लाइफको नाफा साढे ४१ करोड नाफा, अधिकांश सूचकमा सुधार
arthasansar.com · Fri Aug 14 04:36:04 GMT 2026

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को एक वर्षको अवधिमा साढे ४१ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सामान्य वृद्धि देखिएको हो ।
कम्पनीको खुद नाफामा अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतको बढेर ४१ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँबाट ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमाशुल्क आर्जनमा पनि बलियो सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १३.४८ प्रतिशतले बढेर १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ९ अर्ब २० करोड २९ लाख रुपैयाँ रहेको थियो ।
Read full story at source (arthasansar.com)