मोदी खोलामा भीषण बाढी: सडक र विद्युतको पोल बगायो
nepalsamaya.com · Fri Aug 14 04:44:32 GMT 2026

पोखरा- कास्की र पर्वत भएर बग्ने मोदी खोलामा राति आएको भीषण बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीस्थित तमु चोक आसपास सडकको बेसै बगाएको छ भने आसपासका धेरै घर तथा बस्ती जोखिममा परेका छन्।
बाढीका कारण नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डको वीरेठाँटी नजिकैको सडक पूर्ण रूपमा बगेपछि यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ। पछिल्लो समय लगातारको वर्षासँगै आएको बाढी र पहिरोले उक्त सडकखण्डका विभिन्न स्थानमा ठूलो क्षति पुगेको छ।
Read full story at source (nepalsamaya.com)