मोदी खोला बाढी : मन्दिरमा अलपत्र तीन जनाको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Fri Aug 14 05:23:05 GMT 2026

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ हाईजुङस्थित मोदी खोलामा गए राति आएको बाढीका कारण खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा अलपत्र परेका तीन जनाको आज सकुशल उद्धार गरिएको छ।
उद्धार टोलीको समयमै परिचालन डोरी र विशेष उद्धार उपकरणबाट गरिने उद्धार ‘रोप रेस्क्यु’ प्रविधिको प्रयोगबाट मन्दिरमा अलपत्र परेका तीनै जनाको सकुशल उद्धार सम्भव भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। उद्धार गरिएकाहरुमा पोखरा महानगरपालिका–१८ सराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्थित विरेठाँटी माध्यमिक विद्यालयमा कार्यरत ३० वर्षीय शिक्षक रेवन्तप्रसाद सिंह र मन्दिरका पुजारी ५२ वर्षीय निर्माण गिरी छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)