पत्रकार श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरीलाई आदेश
baahrakhari.com · Fri Aug 14 05:54:02 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा भएको बहसपछि उक्त आदेश भएको हो । आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ । पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी पत्नी सरस्वतीले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
Read full story at source (baahrakhari.com)