मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार
kalakarmi.com · Fri Aug 14 05:54:27 GMT 2026

कास्की- मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले साउन २९ गते बिहान सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो । लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए ।
Read full story at source (kalakarmi.com)