‘ए मेरो हजुर ५’को मुहूर्त, मुख्य भूमिकामा अनमोल र सुहाना
ratopati.com · Fri Aug 14 06:36:36 GMT 2026

काठमाडौँ । फिल्म ‘ए मेरो हजुर ५’को शुभ–मुहूर्त गरिएको छ । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मको शुक्रबार ललितपुरस्थित पाटनको बङ्गलामुखी मन्दिरमा शुभ–मुहूर्त गरिएको हो । मुहूर्तसँगै फिल्म युनिट छायाङ्कनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको छ ।
निर्देशक थापाले बडीमालिकाजस्तो धार्मिक धरोहरमा फिल्म छायाकन गर्न आफू उत्साहित रहेको बताइन् । ‘हिमाल, संस्कृति, सभ्यता र श्रद्धाको अद्भुत सङ्गम रहेको बडीमालिका केवल एक धार्मिक तीर्थस्थल मात्र होइन, नेपालको पर्यटन र राष्ट्रिय पहिचानको अमूल्य सम्पदा पनि हो ’ उनले भनिन् ’फिल्मले पर्यटन प्रवर्द्धन समेत गर्नेछ ।’
Read full story at source (ratopati.com)