एग्री केयर नेपालले आईपीओ निकाल्ने, नेपाल लाइफ क्यापिटल संस्थागत परामर्शदाता नियुक्त
aarthiknews.com

काठमाडौं । कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ तथा पूँजी संरचनासम्बन्धी आवश्यक तयारीका लागि नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाता नियुक्त गरेको छ।
कम्पनी र नेपाल लाइफ क्यापिटलबीच शुक्रबार भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा कर्पोरेट एडभाइजरी सर्भिसेज सम्बन्धी सम्झौता भएको हो। सम्झौतामा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे।
Read full story at source (aarthiknews.com)