भैरव अर्यालबारे स्कुलस्कुलमा चर्चा
himalpress.com · Fri Aug 14 09:05:13 GMT 2026

काठमाडौँ- नेपाली हास्यव्यंग्य क्षेत्रका वरिष्ठ सर्जक भैरव अर्यालको स्मृतिमा भैरव पुरस्कार गुठी तथा भैरव स्मृति पुस्तकालयको संयोजकत्वमा यही साउनखि स्कुलस्कुलमा भैरव अर्यालबारे अन्तरक्रिया थालनी गरिएको छ। कार्यक्रमअन्तर्गत सरस्वती विद्यालय, बेसीगाउँ जोरपाटी तथा जिनियस विद्यालय, सुन्दरीजलका विद्यार्थीबीच बेग्लाबेग्लै अन्तरक्रियात्मक साहित्यिक कार्यक्रम सम्पन गरिएका छन्।
भैरव अर्यालको व्यक्तित्व र कृतित्व एवं नेपाली भाषा र साहित्यबारे गैरसरकारीस्तरमा पहिलो पटक विद्यालय तहका विद्यार्थीहरुलाई परिचित गराउने उद्देश्यका साथ सरु गरिएको यो कार्यक्रममा पहिलो चरणमा अर्यालका हास्यव्यंग्य लेखनका विषयमा विद्यार्थी र नेपाली साहित्यकारहरूबीच अन्तरक्रिया गराउने लक्ष्य राखिएको छ।
Read full story at source (himalpress.com)