तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ ५०० र नेपालतर्फ ४६ कन्टेनर रोकिए
aarthiknews.com

काठमाडौं । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी २६ दिनदेखि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। बाह्रबिसे–कोदारी सडकखण्डका विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्ध भएपछि नाकामार्फत हुने आयात–निर्यात प्रायः ठप्प भएको हो।
तातोपानी नाका जोड्ने २६ किलोमिटर लामो बाह्रबिसे–कोदारी सडकखण्डअन्तर्गत भोटेकोसी गाउँपालिका–२ को कोदारी (इको) क्षेत्रमा असार ३१ गते गएको पहिरोले सडक भासिएपछि नेपाल र चीनबीचको सडक सम्पर्क प्रभावित भएको हो। त्यसपछि अरनिको राजमार्गको डाकलाङ क्षेत्रमा साउन ३ गतेदेखि र लिपिङ बजारनजिक साउन १९ गतेदेखि सडक अवरुद्ध छ।
Read full story at source (aarthiknews.com)