पर्यटक बढे, तर सबै होटलले लाभ लिन सकेनन्
aarthiknews.com

काठमाडौं । नेपालमा पर्यटन क्षेत्र कोभिडपछिकै बलियो पुनरुत्थानको चरणमा पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा हवाईमार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ११ लाख ५० हजार नाघ्यो। होटलहरुको अकुपेन्सी बढ्यो, पर्यटकीय गतिविधि विस्तार भए र पर्यटन क्षेत्रमा नयाँ लगानी पनि थपियो । तर, पर्यटन आगमनको यो उत्साहले नेप्सेमा सूचीकृत होटल तथा पर्यटन कम्पनीहरुलाई समान रुपमा फाइदा भने पुर्याउन सकेन । नेप्सेमा सूचीकृत ७ वटा होटल तथा पर्यटन कम्पनीहरुको चौथो त्रैमाससम्मको वित्तीय विवरणले पर्यटन उद्योगभित्र २ फरक तस्वीर देखाएको छ।
एकातिर सोल्टी होटल र कालिन्चोक दर्शनले नाफा उल्लेख्य रुपमा बढाएका छन् भने अर्कोतर्फ तारागाउँ रिजेन्सी, ओरियण्टल होटल, सिटी होटल, होटल फरेस्ट इन र बन्दीपुर केवलकार एण्ड टुरिजम अझै घाटाको चपेटामा छन् । होटल व्यवसायीहरुका अनुसार पर्यटक संख्या बढ्नु मात्रै पर्याप्त छैन। अन्तर्राष्ट्रिय द्वन्द्व, राजनीतिक अस्थिरता, नयाँ होटलहरुको चर्को प्रतिस्पर्धा, सञ्चालन लागत वृद्धि, दक्ष जनशक्तिको अभाव तथा पर्यटकको बसाइ अवधि छोटिँदा उद्योगले अपेक्षित लाभ लिन सकेको छैन ।
Read full story at source (aarthiknews.com)