स्थानीय चुनावमा उम्मेदवार बन्न इच्छुकलाई सम्पर्क गर्न धवलशमशेरको आग्रह
ratopati.com · Fri Aug 14 10:43:12 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दल दर्ताका लागि निवेदन दिएलगत्तै सो पार्टीका प्रस्तावित अध्यक्ष धवलशमशेर राणाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेलाई पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् । यद्यपि उनको पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छैन ।
राणाले पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएलगत्तै शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्ने तथा शुभेच्छा राख्ने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
Read full story at source (ratopati.com)