निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटियो : पूर्वमन्त्री खड्का
kendrabindu.com · Fri Aug 14 11:22:07 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दिपक खड्काले निर्वाचन आयोगलाई प्रयोग गरेर पार्टी कब्जा गरिएको आरोप लगाएका छन्। शुक्रबारदेखि सुरु भएको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले कांग्रेसभित्र भएको घटनालाई “अपराध” को संज्ञा दिएका हुन्।
उनले पार्टीको नेतृत्व र संरचनामाथि भएको हस्तक्षेपविरुद्ध न्यायका लागि सर्वोच्च अदालतबाट फैसला आउने विश्वास व्यक्त गरे। “हिजो निर्वाचन आयोगलाई हतियारका रूपमा प्रयोग गरेर कांग्रेस लुटेर लगिएकै हो। यो अपराध हो, यो अपराध क्षम्य हुँदैन,” उनले भने।
Read full story at source (kendrabindu.com)