नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक
aarthiknews.com

काठमाडौं । लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकका लागि लिइएको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले शुक्रबार सूचना प्रकाशित गर्दै प्रशासन, व्यवस्थापन तथा अर्थशास्त्र समूहका विभिन्न विज्ञापनअन्तर्गत लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।
आयोगका अनुसार सहायक निर्देशक (अर्थशास्त्र) तर्फको खुला प्रतिस्पर्धाअन्तर्गत तीन जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्। त्यसैगरी सहायक निर्देशक (व्यवस्थापन) तर्फ पनि तीन जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।
Read full story at source (aarthiknews.com)