राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि
reportersnepal.com · Fri Aug 14 12:13:58 GMT 2026

काठमाडौँ, २९ साउन । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म रु चार अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो ।
Read full story at source (reportersnepal.com)