ग्यासको आपूर्ति निरन्तर बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँः आपूर्ति मन्त्रालय
corporatenepal.com · Fri Aug 14 12:45:51 GMT 2026

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साविकको तुलनामा खाना पकाउने एलपी ग्यासको आपूर्ति बढिरहेको जनाउँदै आवश्यक मात्रामा मात्र ग्यासको खरिद गर्न आम उपभोक्तामा आग्रह गरेको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको बिक्री वितरणलाई सरकारले सहज बनाउँदै लगेको बताए । “आफूलाई हालका लागि आवश्यक पर्ने मात्रामा मात्र खरिद गरौँ । पछि नपाइएलाकी भन्ने चिन्ता र समस्याबाट मुक्त बन्नुहोस् । अनावश्यक सञ्चय पनि नगरौँ”, उनले भने ।
Read full story at source (corporatenepal.com)