निगमले भोलि काठमाडौंका पाँच स्थानमा ग्यास बिक्री गर्ने
makalukhabar.com · Fri Aug 14 16:55:30 GMT 2026

काठमाडौं । नेपाल आयल निगमले शनिबार काठमाडौंका पाँच स्थानमा ग्यास बिक्री गर्ने भएको छ । बजारमा ग्यास नपाएको उपभोक्ताको गुनासोपछि निगमले जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा काठमाडौंका विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको हो ।
निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेष्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्राण्डको ग्यास बिक्री गरिनेछ । त्यस्तै, चाबहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्राण्डको ग्यास उपलब्ध हुनेछ ।
Read full story at source (makalukhabar.com)