जनआस्थाको कार्यालय खानतलासीबारे महासंघको गम्भीर ध्यानाकर्षण, भन्यो : संवैधानिक प्रावधानको ठाडो उल्लंघन
himalpress.com · Sat Aug 15 00:56:43 GMT 2026

काठमाडौँ- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यसअघि जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ भने पटकपटक उनको घर र कार्यालयमा छापा मारेको छ। महासंघले शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रहरीको उक्त कदमप्रति विरोध जनाएको हो।
‘नेपालको संविधानको धारा १९ को उपधारा २ ले कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने उल्लेख छ’ महासंघले भनेको छ, ‘यो संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै सम्पादकीय कक्षमा हातहतियारसहित प्रहरी प्रवेश गरी सञ्चार उपकरण र सामग्री नियन्त्रणमा लिई जफत गर्नु पहिलो दृष्टिमै संविधानप्रदत्त प्रेस स्वतन्त्रता र सञ्चारको हकमाथिको गम्भीर हस्तक्षेप हो।’
Read full story at source (himalpress.com)