देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
nepalsamaya.com · Sat Aug 15 02:05:47 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम मा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको जानकारी दिएको छ।
हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश साथै गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागमा आंशीक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केहि स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र गण्डकी प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको पानी परिरहेको छ।
Read full story at source (nepalsamaya.com)