‘नेपाल-भारत सम्बन्धलाई नयाँ क्षेत्रमा विस्तार गरिने’
himalpress.com · Sat Aug 15 05:07:34 GMT 2026

काठमाडौँ- भारतले शनिबार (अगस्ट १५) ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। यसअवसरमा नेपालसँगको सम्बन्धलाई परम्परागत सहकार्यका क्षेत्रबाट नयाँ र उदीयमान क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धता भारतले दोहोर्याएको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध व्यापार, वाणिज्य, ऊर्जा, पूर्वाधार, शिक्षा, संस्कृति तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा निरन्तर बलियो बन्दै गएको बताएका छन्। राजदूतको सन्देशमा पछिल्लो एक वर्षमा नेपालमा भएका महत्वपूर्ण राजनीतिक तथा सामाजिक घटनाक्रमलाई उल्लेख गर्दै बदलिँदो परिस्थितिका बीच पनि नेपाल-भारत सम्बन्ध र सहकार्यले निरन्तरता पाएको उल्लेख छ।
Read full story at source (himalpress.com)