मधेस प्रदेशमा मतदान जारी
lokpath.com · Sun Nov 20 05:29:37 GMT 2022
धनुषा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारीे छ । धनुषाको सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा बिहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
बेलुका ५ बजेसम्म हुने मतदानमा मधेस प्रदेशमा १३ लाख ३२ हजार छ सय ४० महिला, १५ लाख ७७ हजार तीन सय १७ पुरुष र ६६ जना अन्य गरी २९ लाख १० हजार २३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ । स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि मधेस प्रदेशमा दुई हजार एक सय ५६ मतदानस्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र निर्धारण गरिएको छ ।
Read full story at source (lokpath.com)