स्वतन्त्रतापछिको भारत : विभाजनको पीडादेखि विश्वशक्तिसम्म
ratopati.com · Sat Aug 15 06:45:00 GMT 2026

काठमाडौँ । भारतले १५ अगस्ट १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्रता पाउँदा त्यो केवल एउटा उपनिवेशको अन्त्य मात्र थिएन । बरु, दर्जनौँ राष्ट्रियताले भरिएको एउटा विशाल, गरिब, अशिक्षित र सामाजिक विभाजनले ग्रस्त, त्यसमाथि भर्खरै विभाजनको रक्तपातबाट गुज्रिएको देशले आफूलाई लोकतान्त्रिक गणतन्त्रका रूपमा पुनर्निर्माण गर्ने असाधारण मार्गको सुरुवात पनि थियो ।
अर्थात्, १५ अगस्ट १९४७ को स्वतन्त्रताको हर्षलाई सम्हाल्दै अघि बढ्नुपर्ने चुनौतीले तत्कालीन भारतलाई थिचेको थियो भन्दा अनुपयुक्त नहोला । स्वतन्त्रताको हर्षोल्लाससँगै भारतले एकै पटक कैयौँ हन्डरको सामना गर्नुपरेको थियो । पाकिस्तानको निर्माण, साम्प्रदायिक हिंसा, करोडौँ मानिसको विस्थापन, कश्मीर विवाद, सयौँ रजौटाको एकीकरण, खाद्यान्न अभाव र कमजोर अर्थतन्त्रजस्ता सङ्कट नवोदित आधुनिक भारतले तत्कालै भोग्नुपरेको थियो ।
Read full story at source (ratopati.com)