सहुलियत कर्जा नतिर्नेले स्टार्टअप कर्जा नपाउने, सरकारी मापदण्ड पूरा गरेका करिब १ हजार परियोजना सिफारिस
arthasansar.com

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रमअन्तर्गत कर्जाका लागि सिफारिस भएका परियोजनाको अन्तिम विवरण सार्वजनिक गरेको छ। प्रस्तुतीकरण र बैंकबाट गरिएको क्रेडिट अप्राइजलको संयुक्त मूल्याङ्कनका आधारमा ९९६ (जना) परियोजनाहरू छनोट गरी कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानका अनुसार प्रारम्भिक चरणमा योग्य ठहरिएका १ हजार २९८ परियोजनाका प्रस्तावकलाई प्रस्तुतीकरणका लागि आह्वान गरिएको थियो। विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सञ्चालन गरिएको प्रस्तुतीकरण कार्यक्रममा १ हजार १५६ प्रस्तावक सहभागी भएका थिए।उक्त प्रस्तावक मध्ये ९९६ जना स्टार्टअप कर्जाका लागि छनौट भएका छन् । प्रस्तुतीकरणका क्रममा पेश गरिएका परियोजनाको फोटो, भिडियो, वित्तीय विवरण, प्रस्तुतीकरण, प्रश्नोत्तर तथा अन्य विवरणका आधारमा मूल्याङ्कन समितिले अंक प्रदान गरेको थियो। उक्त अंकलाई बैंकबाट गरिएको क्रेडिट अप्राइजलको अंकसँग जोडेर कुल अंक निर्धारण गरिएको र कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका प्रस्तावकलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको प्रतिष्ठानले जनाएको छ।
Read full story at source (arthasansar.com)