बिनाधितो स्टार्टअप उद्यम कर्जामा १० हजारभन्दा बढीबाट छानिए ९६६ उद्यमी
baahrakhari.com · Thu Jul 02 05:53:00 GMT 2026

काठमाडौं । सरकारद्वारा घोषित बिनाधितो सहुलियत ‘स्टार्टअप (नवप्रवर्तन) उद्यम कर्जा प्रवाह कार्यक्रम, २०८२’ अन्तर्गत परेका आवेदन ‘स्क्रिनिङ’मा ९६६ आयोजना छनोट गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको मूल्यांकन समितिले आवेदनबाट योग्य स्टार्टअप उद्यम छनोट गरेको हो ।
गएको कात्तिक १९ गते स्टार्टअप उद्यम कर्जाका निम्ति आह्वान गरिएको थियो । त्यसमा १० हजार २४४ आवेदन परेको थियो । उक्त आवेदकको परियोजना प्रस्तावमध्ये आठ हजार २०३ विद्युतीय माध्यमबाट र दुई हजार ४१ भौतिक रूपमा दर्ता गरिएको प्रतिष्ठानले जनाएको छ ।
Read full story at source (baahrakhari.com)