भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा अन्तिम सुनुवाइ सुरु
rajdhanidaily.com · Thu Jun 11 05:04:32 GMT 2026

काठमाडौं । भुटानी शरणार्थी प्रकरणसँग जोडिएको मुद्दामा बुधबारबाट अन्तिम सुनुवाइ सुरु भएको छ । कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, बिचौलियाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, बेचन झा, सन्देश शर्मालगायतका ३१ जना व्यक्तिहरू प्रतिवादी रहेको बहुचर्चित भुटानी शरणार्थी प्रकरणमा अन्तिम सुनुवाइ सुरु भएको हो ।
काठमाडौं जिल्ला अदालतमा दायर भएको राज्यविरुद्धको कसुर, ठगी, लिखत किर्ते र संगठित अपराधको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको हो ।
Read full story at source (rajdhanidaily.com)