चुनावका दिन चार्टर उडान मात्रै, अन्तरराष्ट्रियतर्फ भने नियमित उडान
abhiyandaily.com
काठमाडौं ।प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन मुलुकको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर उडान मात्रै हुने विमानस्थल कार्यालयले बताएको छ ।
विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतवार तारा एयरले चार ओटा चार्टर उडानका लागि अनुमति लिएको छ । तारा एयरले लुक्लाबाट काठमाडौं पर्यटक ल्याउनका लागि चार्टर उडान गर्ने बताइएको छ ।
Read full story at source (abhiyandaily.com)