कलाकारलाई निर्वाचन अभियन्ताको भूमिका निर्वाह गरिदिन आग्रह
merolifestyle.com · Tue Nov 08 09:04:02 GMT 2022
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग ले कलाकारसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । सोमबार आयोगको कार्यालयमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ गायिका कुन्ति मोक्तान, गायिका एवं संरक्षणकर्मी आनी छोइङ डोल्मासहित दर्जनौं कलाकार सहभागी भएका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहितररूपमा सम्पन्न गराउने वातावरण सिर्जनाका लागि अभियन्ताको भूमिका निर्वाह गरिदिन कलाकारसँग आग्रह गरेका छन् । उनले निर्वाचनको माहौल निर्माण तथा निर्वाचनपछि प्रतिस्पर्धीबीच आपसी द्वन्द्व र मनमुटावको साटो मित्रता र एकताको भावना कायम गराउन जीवनमा कहिल्यै पराजयको अनुभूति नगर्ने प्रतिभाका धनी कलाकारले निर्वाह गर्ने भूमिका प्रभावकारी हुने बताए ।
Read full story at source (merolifestyle.com)