वसन्तपुरको मतदान स्थल निर्माण कार्य सम्पन्न
lokpath.com · Sat Nov 19 13:00:46 GMT 2022
काठमाडौं । मंसिर ४ गते आईतवार (भोलि) हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थलको कार्य सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताए । उनले काठमाडौं क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६ सय २३ जना मतदाताहरु रहेको बताएका छन् ।
Read full story at source (lokpath.com)