पिपल्स च्वाइस अवार्ड सम्पन्न: गायक रामकृष्ण दुवाललाई 'लाइफटाइम अवार्ड'
gorkhapatraonline.com · Sun Jun 14 09:22:25 GMT 2026

नेपालभाषाका चलचित्र, सङ्गीत र म्युजिक भिडियोको प्रवर्द्धन गर्ने उद्देश्यले 'पेज थ्री पिपल्स च्वाइस अवार्ड–११४६' सम्पन्न भएको छ । पेजथ्री पाक्षिक पत्रिकाले विगत १६ वर्षदेखि प्रदान गर्दै आएको यस अवार्डको यो पाँचौँ संस्करण हो ।
अवार्ड समारोहमा नेपालभाषाको सङ्गीत क्षेत्रमा आजीवन योगदान पुर्याउनुभएका कीर्तिपुरका वरिष्ठ गायक तथा अनुसन्धानदाता रामकृष्ण दुवाललाई 'लाइफटाइम एचिभमेन्ट अवार्ड' बाट सम्मानित गरियो । प्रमुख अतिथि सभासद कुलभक्त शाक्यले सांस्कृतिक पक्षलाई समेट्ने अमूर्त सम्पदा विधेयक संघीय संसद्बाट पारित भइसकेको जानकारी दिँदै कला र संस्कृतिको संरक्षणमा यस्ता अवार्डले ऊर्जा थप्ने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)