अमेरिका–इरान वार्तामा अझै गम्भीर चुनौती
ratopati.com · Fri May 22 10:29:49 GMT 2026

तेहरान । पाकिस्तानको मध्यस्थतामा भइरहेको अमेरिका र इरान बिचको वार्तामा केही प्रगति देखिए पनि अझै गम्भीर असहमति कायम रहेको बताइएको छ । तेहरानबाट रिपोर्टिङ गर्ने संवाददातालाई उद्धृत गर्दै अल जजिराले प्रकाशित गरेको समाचार अनुसार वार्ताबारे स्थिति अत्यन्तै अनिश्चित छ ।
कहिले ठुलो प्रगति भएको खबर आउँछ भने कहिले गहिरो मतभेद अझै बाँकी रहेको विवरण सार्वजनिक हुन छाडेको छैन । इरानले अमेरिकी प्रस्तावहरू अध्ययन गरिरहेको र आफ्नो प्रतिक्रिया पाकिस्तानी मध्यस्थकर्तामार्फत पठाउने जनाएको छ । पाकिस्तानका गृहमन्त्री मोहोसिन नकवी पछिल्ला तीन दिनदेखि तेहरानमा छन् ।
Read full story at source (ratopati.com)