रेडियो बाल सिकाइ

बाल सिकाइ – ३७
Oct 17, 2020 · 28 min
यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक कनकमणि दीक्षितद्वारा लिखित “स्कुलका चिप्लेकिरा” पुस्तकलाई प्रकृति कर्माचार्यले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। त्यस्तै तेस्रो खण्डमा धेरै शब्द बनाऔँ खेलबारे जानकारी प्रस्तुत गरिएको छ। अन्त्यमा पारसमणि प्रधानद्वारा उपजाति छन्दमा लिखित खेतीवाल कविता वाचन गरिएको छ।