Skip to content
रेडियो बाल सिकाइ

बाल सिकाइ – ३५

Oct 10, 2020 · 26 min

यस कार्यक्रमको पहिलो खण्डमा रमाइला तथ्यहरू राखिएका छन्। दोस्रो खण्डमा कथाका लेखक भवानी पन्थीद्वारा लिखित “पुन्टेको सहरयात्रा” पुस्तकलाई ईशा थापाले वाचन गर्नुभएको छ। यस पुस्तकलाई रातो बङ्गला किताबले प्रकाशन गरेको हो। तेस्रो खण्डमा स्वस्थ शरीरलाई चाहिने भिटामिन र यसका स्रोतबारे जानकारी प्रस्तुत गरिएको छ। चौथो खण्डमा ताली वा खाली खेल सिक्छौ। अन्त्यमा आदिकवि भानुभक्त आचार्यद्वारा शार्दूलविक्रीडित छन्दमा लेखिएको हनुमान र सुरसा कविता वाचन गरिएको छ।