यस कारण भयो- श्रीमतिमाथि खुकुरी प्रहार
rajdhanidaily.com · Fri Jun 07 23:28:05 UTC 2024

दाङ । बिहान करिब ७–८ बजे थियो । दाङको तुलसीपुरमा एक महिला र पुरुष माथि खुकुरी प्रहार भयो भन्ने हल्ला एकाएक फैलियो । खुकुरी प्रहारबाट महिला र पुरुष घाइते भए । त्यस लगत्तै घटनामा संलग्न व्यक्ती खुकुरी सहित भागे । घटनाको जानकारी प्रहरीलाई भयो । प्रहरी घटना स्थलतर्फ लाग्यो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उता आरोपीलाई प्रहरीले १९ नम्बर बाहिनी अड्डा तुलसीपुरको गेटबाट नियन्त्रणमा लियो । यता उपचपारत घाइते ३१ बर्षकी टिका रावतलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बिहान सवा ९ बजे मृत घोषणा ग-यो ।
तुलसीपुर–६ राप्ती टोलमा डेरा गरेर बस्दै आएकी रावतको खुकुरी प्रहार गर्ने कपुरकोट गाउँपालिका–६ पोखडाडाँ निवासी बर्ष ३६ का सालिक राम बुढाथोकीसंग २०८१ जेठ १० गते सल्यान जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो । अर्का घाइते अछामको कमल बजार नगरपालिका वडा नं. ४ निवासी २९ वर्षका आर्यन थापा १९ नम्बर बाहिनी अड्डा तुलसीपुरमा सिपाही पदमा कार्यरत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)