'मन्त्रीमा भाग मागेको होइन’– प्रधानन्यायाधीश जबरा
ekantipur.com · Tue Oct 05 00:59:55 GMT 2021
काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग मागेको भन्ने समाचार सार्वजनिक भएसँगै त्यसले राजनीतिक–न्यायिक वृत्तमा तरंग सिर्जना गरेको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशले ‘कार्यकारीसँग हिस्सेदारी मागेको’ भन्दै चर्को स्वरमा विरोध गरेका छन् भने सर्वोच्च अदालत र प्रधानन्यायाधीश जबरा दुवैले समाचारप्रति कडा आपत्ति जनाएका छन् ।
चौतर्फी दबाब परेपछि सोमबार दिउँसो प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहाललाई विज्ञप्ति प्रकाशन गर्न लगाएर प्रस्टीकरण दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषद्को गठन र विस्तारमा प्रधानन्यायाधीशलाई असान्दर्भिक रूपमा जोडिएको दाबी गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग सोमबार बिहानको भेटमा प्रधानन्यायाधीश जबरा आफैंले पनि समाचार गलत भएको भन्दै खण्डन गरेका थिए । नेपाल बार एसोसिएसनले सोमबारै विज्ञप्ति प्रकाशन गरेर प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको बताउँदै उक्त कार्य खेदजनक भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)