पृथ्वीराजमार्ग चार लेन बनेपछि सवारी गति बढ्यो, चालकको लापरवाही र बढ्दो सवारी चाप दुर्घटनाको प्रमुख कारण
aarthiknews.com

दमौली । पृथ्वीराजमार्ग हुँदै देशका प्रमुख सहर जोडिने भएकाले तनहुँ जिल्लाबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत गर्छन्। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकले जिल्लामा सडक दुर्घटना निरन्तर बढिरहेको देखाएको छ। दुर्घटनाको संख्या मात्र होइन, त्यसबाट हुने मानवीय क्षति पनि गम्भीर बन्दै गएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ७८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ५७ जनाको मृत्यु भएको छ भने ६५ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)