मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भदौ २३ को दमन र २४ को विध्वंस दुवैमाथि समान रूपमा कानुन लागू हुनुपर्छ: संविधानविद डा. विपिन अधिकारी

lokaantar.com

वरिष्ठ अधिवक्ता तथा संविधानविद डा. विपिन अधिकारीले शान्तिपूर्ण प्रदर्शन संवैधानिक अधिकार भए पनि आन्दोलनको आवरणमा गरिने आपराधिक क्रियाकलापलाई राजनीतिक मान्न नसकिने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विचार सार्वजनिक गर्दै उनले भदौ २३ को दमन र भदौ २४ को आपराधिक विध्वंस दुवै पक्षमाथि समान रूपमा कानुन लागू हुनुपर्नेमा जोड दिएका हुन् ।

डा. अधिकारीका अनुसार भदौ २३ का मृतक बालबालिका, किशोर-किशोरी तथा युवा-युवतीको सम्मान, सत्यको खोजी र राज्यको जवाफदेहिता राष्ट्रिय स्मृतिको विषय बन्नुपर्छ र सुशासनका लागि उनीहरूको योगदान खेर जान दिनु हुँदैन । तर, भदौ २४ का घटनामा संलग्न मूल योजनाकार, संगठक, उक्साउने व्यक्ति तथा प्रभावशाली व्यक्तिहरूसम्म अनुसन्धान नपुग्नु गम्भीर दण्डहीनता भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)