बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
lokaantar.com

सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)