मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टेरामक्स प्रविधि खरिद–बिक्री कानुनसम्मत नभएको लेखा समितिको ठहर

ekantipur.com · Thu Dec 28 01:32:36 GMT 2023

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधिको खरिद प्रक्रिया कानुनसम्मत नभएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्न र थप भुक्तानी नगर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत निर्देशन दिएको हो ।

करिब साढे २ अर्ब रुपैयाँ कुल लागत रहेको टेरामक्स प्रविधि खरिदमा हालसम्म ५२ करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)