मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली भुटानी शरणार्थी प्रकरणमा रिमाल र थापाको एक स्वर- अपराधीले उन्मुक्ति पाउनु हुँदैन

nepalkhabar.com · Thu May 04 17:02:30 GMT 2023

नक्कली भुटानी शरणार्थी बनाई ठगी प्रकरणमा आफ्नै पार्टीका ठूला नेताहरूलाई अभियाेग लागिरहेका बेला नेकपा एमालेका नेताद्वय विष्णु रिमाल र सूर्य थापाले घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुनेमा जोड दिएका छन्।

उक्त प्रकरणमा एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)