रुपन्देहीमा सुन चोरीको आरोपमा तीन जना युवा पक्राउ
ratopati.com · Tue Jul 15 17:20:00 GMT 2025

बुटवल । रुपन्देहीको तिलोत्तमा जानकीनगरको एक घरबाट सुन चोरीमा संलग्न भएको आरोपमा बुटवलका ३ जना युवाहरु पक्राउ परेका छन् । गते २५ गते जानकीनगरका ध्रुव भण्डारीको घरबाट सुनका गरगहनाहरू चोरी भएकोमा प्रहरीले सुनको गहना सहित बुटवलका ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बुटवल उप–महानगरपालिका वडा नं. ७ का २३ वर्षीय विष्णु थापा, बुटवल उप–महानगरपालिका वडा नं. १३ का २५ वर्षीय युसुक गुरुङ र बुटवल उप–महानगरपालिका वडा नं. ६ का २२ वर्षीय विशाल तामाङ रहेका जिल्ला प्रहरीले कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)