दमकमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता जारी
rajdhanidaily.com · Tue Jun 16 13:42:20 GMT 2026

नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा सञ्चालन भइरहेको २६ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय चेस प्रतियोगिताको तेस्रो दिन पाच चरणसम्मका खेलमा एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले ४.५ अंकका साथ अग्रता लिएका छन्।
४६ औं चेस ओलम्पियाड छनोट स्पर्धामा एफएम रुपेश जैसवालको उपाधि जोगाउने राम्रो तयारी देखियो। रुपेशले चौथो चरणमा कमल श्रेष्ठलाई अनुभवीय चाल चल्दै माथ गरेका थिए। पाँचौ खेलमा कडा प्रतिद्वन्द्वी रिसोन थापासँग बराबरी खेले । वतर्मान नेपाल च्याम्पियन रुपेशले अपराजित १ अंकको स्पष्ट अग्रता कायम गरेका छन्। रुपेश छैटौं खेल आशिष् फुयाल संग कालो गोटीवाट प्रतिस्पर्धामा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
साफ महिला च्याम्पियनसिप
फिफा
युरोकप