मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘काठमाडौँ भ्युटावर’ व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन म्याद थप

barnanmedia.com · Sun Jun 29 22:16:56 GMT 2025

पुरानो बसपार्कमा ‘काठमाडौँ भ्युटावर’ निर्माणको काम गरिरहेका व्यवसायी मनोज भेटवाललाई अदालतले ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरी वृत्त सिंहदरबारको टोलीले भेटवाललाई शुक्रबार पक्राउ गरेको थियो । बैंकिङ्ग कसुर मुद्दामा भेटवाललाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)