काठमाडौँको गोकर्णेश्वरमा दक्षिणढोकामा एक जना युवकको शव फेला
barnanmedia.com · Sun Jun 29 22:28:33 GMT 2025

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ स्थित दक्षिणढोकामा एक जना युवकको शव फेला परेको छ । धादिङ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) अपील बोहराले बताए ।
आचार्यको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । भित्रबाट चुकुल लगाएको अवस्थामा मृत भेटिएका आचार्यको डेरामा सिरिन्ज फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)