‘२०४७ देखि नै नियुक्ति विवादित बन्दै आएको छ’
rajdhanidaily.com · Sun Sep 11 23:17:03 GMT 2022
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा आइतबार बयान दिनेक्रममा राजनीतिक दलका नेताहरू र नेपाल बार एसोसिएसनका पदाधिकारीले न्यायधीशको नियुक्तिमा भागबन्डा खोज्ने गरेको आरोप लगाएका छन् । उनले हरेक नियुक्तिमा भागबन्डाको स्वार्थ लुक्ने गरेको बताए । उनले केही दलले न्यायपालिकालाई ध्वस्त पार्न खोजेको आरोपसमेत लगाए ।
समितिका सदस्यहरूले न्यायाधीश नियुक्ति समयमा नगरेको र ढिलो नियुक्ति गर्दा पनि मापदण्ड उल्लंघन गरेको प्रश्न गरेका थिए । उनले दलको दबाबका कारण नै नियुक्तिमा केही ढिलाइ हुने गरेको बताएका थिए । ‘हरेक नियुक्तिमा भागबन्डा होस् भन्ने राजनीतिक चाहना हुन्छ । बारका पदाधिकारीको पनि चाहना हुन्छ । राजनीतिक पार्टीहरूले लेटरप्याडमै सिफारिस पठाएका हुन्छन्,’ उनले आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)