मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलाप्रथा लागू गर्न फूलकोर्ट बोलाउन प्रस्ताव

ekantipur.com · Thu Nov 18 00:47:36 GMT 2021

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने नियमावली बनाउने सहमति गरेका छन् । १३ जना न्यायाधीशले बिहीबारका लागि फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भनेका छन् ।

न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र नहकुल सुवेदी संलग्न बैठकले त्यस्तो निर्णय गरेको हो । प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका २० जना न्यायाधीशमध्ये ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले फुलकोर्टबाहेकका बैठकमा सहभागी नहुने निर्णय गरेका थिए । त्यसैले बुधबारको बैठकमा उनीहरू थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)