मिसन 'विश्वासको मत' : देउवाको दरिलो रणनीति
ekagaj.com · Sun Jul 18 17:29:20 GMT 2021
काठमाडौँ - प्रधानमन्त्रीले विश्वासको मत लिने रहेछन्, बिहान नौ बजेसम्म कुनै अत्तोपत्तो थिएन । एकैचोटि संसद् सचिवालयमा प्रस्ताव दर्ता गरेपछि सूचना बाहिर चुहियो । कुनै हल्ला–खल्ला नगरीकनै खुसुक्क प्रस्ताव दर्ता भयो । जुन दिन दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै थियो ।
विधानतः सरकार गठन भएको तीस दिनभित्र विश्वासको मत लिन सकिन्थ्यो । तर, नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले छैठौँ दिनमै मत लिए । ‘रात रहे अग्राख (सुकेको साल) पलाउँछ’ भन्ने पुरानै उखान सम्झेर उनी यो निर्णयमा पुगेका हुन् । हुन त एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नै देउवालाई जतिसक्दो छिटो विश्वासको मत लिन आग्रह गर्दै आएका थिए । त्यही अनुरुप तीन नेताबीच शुक्रबार नै यसमा सहमति बनेको थियो । अन्तिम निर्णय भने शनिबार भएर यो प्रक्रिया अघि बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)